नागरिक उन्मुक्तिले पनि छाड्यो प्रचण्ड सरकार, विश्वासको मत पनि नदिने

नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्री पुष्कपमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।

यसअघि नै अल्पमतमा परिसकेको प्रचण्डको सरकारलाई अन्तिम समयमा आएर नागरिक उन्मुक्ति पार्टीले पनि समर्थन नगर्ने भएको हो।

यसअघि एमाले र जसपाले समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएपछि प्रचण्डको सरकार अल्पमतमा परिसकेको छ।

उनले विश्वासको मत लिनु दुई दिन अघि नागरिक उन्मुक्तिले पनि प्रचण्डलाई दिएको समर्थन फिर्ता लिएका हुन्।

नागरिक उन्मुक्तीले रञ्जिता श्रेष्ठलाई संसदीय दलको नेताबाट हटाएपछि प्रचण्डबाट अलग हुने देखिएको थियो।

बुधबार बेलुका औपचारिक निर्णय गरेको हो।

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत पनि नदिने निर्णय नागरिक उन्मुक्तिले गरेको छ। अल्पमतमा रहेका प्रधानमन्त्री दाहालले २८ गते विश्वासको मत लिँदैछन्।

नागरिक उन्मुक्तीका चार सांसद छन्।

नागरिक उन्मुक्तीले अब कांग्रेस र एमालेको नयाँ गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =