डोल्पामा ‘कर्णाली अन्तर्राष्ट्रिय भिलेज फिल्म फेस्टिभल’ हुने

काठमाडौँ । डोल्पामा ‘कर्णाली अन्तर्राष्ट्रिय भिलेज फिल्म फेस्टिभल’ हुने भएको छ ।

बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराइएको हो । आगामी भाद्र २ गतेदेखि ५ गतेसम्म ‘गाउँ गाउँमा नेपाली सिनेमा,गाउँ गाउँमा पर्यटक’ भन्ने नारासहित कर्णाली प्रदेशको डोल्पा जिल्लामा चलचित्र महोत्सव आयोजना गर्न लागिएको बताइएको छ ।

फिल्म फेस्टिभलले नेपाली चलचित्र पर्यटन प्रवद्र्धनमा मद्दत पुग्ने विश्वास लिइएको छ । कार्यक्रममा उपस्थित वक्ताहरूले कर्णाली प्रदेशको प्राकृतिक सौन्दर्यतालाई विश्वमाझ पुयाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

यस्ता कार्यक्रमहरूले कर्णाली प्रदेशका आम नागरिकको जीवनमा पनि आर्थिकोपार्जनको लागि माध्यम बन्ने बताए । उनीहरुले कर्णाली प्रदेश चलचित्र छायांकनका लागि सही र महत्वपूर्ण गन्तव्य रहेको भन्दै प्रचार प्रसारको कमी भएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *