महालक्ष्मी बैंकद्धारा अन्तरदेशीय क्युआर पेमेन्ट सुविधालाई निरन्तरता

काठमाडौँ । महालक्ष्मी विकास बैंकले फोन पे सँगको सहकार्यमा नेपाल आएका भारतीय नागरिकहरूलाई क्युआर मर्चेन्ट मार्फत भुक्तानी सेवा प्रदान गर्न मिल्ने अन्तरदेशीय क्युआर पेमेन्ट सुविधालाई निरन्तरता दिएको छ । यस अन्तर्गत भारतीय नागरिकहरूले भारतीय भुक्तानी सेवा प्रदायकहरू जस्तै भिमपे, पेटीएम, गुगलपे आदिको माध्यमबाट यस बैंकले उपलब्ध गराएको क्युआर कोडमा स्क्यान गरी नेपालका विभिन्न व्यापारिक स्टोरहरूमा तत्काल, सुरक्षित र सुविधाजनक तरिकाले भुक्तानी गर्न सक्नेछन् ।

यस्ता कार्यबाट नेपाल र भारतबीच रहेको आर्थिक, सामाजिक तथा पारस्परिक सम्बन्धलाई थप नयाँ उचाइमा पुर्याउन र नेपालको आर्थिक तथा पर्यटन विकासमा समेत सहयोग पुग्ने विश्वास लिएको बैंकले जनाएको छ । यस अघि पनि बैंक र नेपाल क्लियरिङ हाउस ९एनसीएचएल० ले नेपाल र भारतबीच अन्तरदेशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी पत्रमा हस्ताक्षर गरेका थिए ।

साथै नेपाल आउने भारतीय पर्यटकहरूलाई लक्षित गरी उक्त सेवा अझ छिटो, छरितो र भरपर्दो रुपमा प्रदान गर्न बैंकले आफ्ना संस्थागत ग्राहकहरूसँग आवश्यक सहकार्य समेत गर्ने जनाएको छ । डिजिटल भुक्तानीका माध्यमहरूको नवीनतम प्रयोग प्रति बैंक सधैँ प्रतिबद्ध रहेको र नेपालभर रहेको शाखा सञ्जाल तथा मर्चेन्ट नेटवर्कको माध्यमबाट अन्तरदेशीय क्युआर भुक्तानीमा समेत अग्रणी सेवा प्रदायकको रुपमा स्थापित हुने विश्वास लिएको बैंकले जनाएको छ ।

यस बैंकको देशभर १०३ वटा शाखा कार्यालयहरू र करिब ७ लाख ग्राहकहरू रहेका छन् । साथै मिति २०८०÷०९÷२८ मा सम्पन्न बैंकको २२ औ वार्षिक साधारण सभाबाट विदेशी बैंक वा वित्तीय संस्थालाई रणनीतिक साझेदारको रुपमा ल्याउन प्रस्ताव समेत पारित भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *