गौतम गम्भीर भारतीय क्रिकेट टिमको मुख्य प्रशिक्षक

भारतीय राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा गौतम गम्भीर नियुक्त भएका छन्।

पूर्वक्रिकेटर गौतम भारतीय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा नियुक्त भएको भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) का सचिव जय शाहले जानकारी दिए ।

गौतम आईपील टिम कोलकोता नाइट राइडर्सका मुख्य प्रशिक्षक थिए। उनको नेतृत्वमा कोलकोताले यस सिजनको आइपिएल जितेको थियो।

भारतीय टिमका प्रशिक्षक राहुल द्रविडको हालै सम्पन्न टी–२० विश्वकपपछि कार्यकाल सकिएको थियो। उनले भारतलाई विश्वकपको उपाधि दिलाएका थिए। उपाधि दिलाएका प्रशिक्षकलाई भने भारतले बिदा गरेको हो।

आईपीएलको नतिजाका कारण गौतमले राष्ट्रिय टोलीको जिम्मा पाएका हुन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *