राष्ट्रपतिलाई प्रचण्डको ब्रिफिङ– तत्काल राजीनामा दिन्न, अर्को तयारी नगर्नुहोला
२०८१ असार १८ गते

फाइल तस्बिर
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।
राष्ट्रपति कार्यालयमा आज अपराह्न भएको भेटमा प्रधानमन्त्री दाहालले मुलुकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी दिएका थिए ।
राष्ट्रपतिका सञ्चारविज्ञ किरण पोखरेलका अनुसार प्रचण्डले तत्काल राजीनामा नदिने राष्ट्रपतिलाई जानकारी गराएका छन् ।
प्रचण्डले माओवादी पदाधिकारीको आकस्मिक बैठकले राजीनामा नदिई विश्वासको मतको सामना गर्ने निर्णय गरेकाले अर्को तयारी नगर्न आग्रह गरेको बुझिएको छ ।
सङ्घीय संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)बीच सोमबार राति संविधान संशोधनलगायत विषयलाई निष्कर्षमा पुर्याउन सरकार सञ्चालनमा साझेदारी गर्ने सहमति भएको छ ।
२०८१ असार १८ गते
प्रतिक्रिया
सम्बन्धित








