रोल्पामा जिप दुर्घटना, ७ जनाको मृत्यु

रोल्पामा जिप दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । पाँच जनाको घटनास्थलमै र दुई जनाको अस्पतालमा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी खिमबहादुर रायमाझीले बताए।

कुल १५ जना यात्रुहरु सवार रहेकोमा चालकसहित ८ जना घाइते छन् । मृतकहरुको सनाखत हुन बाँकी छ।

माडी गाउँपालिका २ घर्तीगाउँबाट तालावाङ जाँदै गरेको लु १ ज ३२५२ नम्बरको जिप सोमबार बेलुकी माडी गाउँपालिकाको परेवाछहरा भन्ने स्थानामा सडकबाट करिब ४०० मिटर तल खसेर दुर्घटना भएको छ।

पहिरो गएर बाटो बन्द भएको स्थानबाट अगाडि बढ्न नसकेपछि जिप ब्याक गर्ने क्रममा भिरबाट तल खसेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − twelve =