विधायन समितिमा पठाइयो नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक

काठमाडौँ । नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइएको छ ।

सोमवारको राष्ट्रिय सभा बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतको तर्फबाट शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले प्रस्ताव प्रस्तुत गरेका थिए । प्रस्तावलाई सभाले सर्वसहमतले समितिमा पठाउने निर्णय गरेको राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले घोषणा गरे ।

राष्ट्रिय सभाको अर्को बैठक मंगलवार दिउँसो सवा १ बजे बस्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 9 =