संसद् बैठकमा कुनै पनि मन्त्री नगएपछि स्थगित (भिडिओ)

काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक १५ मिनेटको लागि स्थगित गरिएको छ । बैठक सुरु भइसक्दा कुनै एक मन्त्री पनि उपस्थित नभएपछि बैठक स्थगित गरिएको हो ।

बैठक सुरु हुनासाथ कांग्रेसका सांसद रामकृष्ण यादवले संसद सञ्चालन हुँदा सरकारका कम्तीमा एक मन्त्री अनिवार्य उपस्थित हुनुपर्ने व्यवस्था रहेको भन्दै आजको बैठकमा सरकारका मन्त्री उपस्थित नरहेको भन्दै सभामुखको ध्यानाकर्षण गराएका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − twelve =