पहिरोमा पुरिएर जाजरकोटमा बालकको मृत्यु

काठमाडाैं । पहिरोले पुरिएर जाजरकोटमा एक बालकको मृत्यु भएको छ । भेरी नगरपालिका-५ इबरका रमेश बिकका ५ वर्षीय छोरा प्रिन्स बिकको मृत्यु भएको हो ।

गए राति परेको बर्षातका कारण आएको पहिरोले घर पुर्दा ती बालकको मृत्यु भएको हो । पहिरोमा परी बुबा रमेश घाइते भएका छन् । उनको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल ल्याइएको प्रहरीले जनाएको छ । ६ जनाको परिवार अरु सबै सकुशल छ्न् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − twelve =