एसईई उत्तीर्ण फेल भएका बोर्डिङ स्कुलका दुई छात्राले आफ्नै ज्यान लिए
२०८१ असार १५ गते

फाइल फाेटाे
काठमाडौं । रुपन्देहीमा एसईई उत्तीर्ण हुन नसकेका दुई छात्राले आफ्नै ज्यान लिएका छन् । रुपन्देहीको देवदह-२ ढेकारस्थित एशियन लाइट बोर्डिङ स्कुलबाट एसईई दिएर नतिजा राम्रो नआएका दुवै जनाले आत्महत्या गरेका हुन् ।
शुक्रबार दिउँसो देवदह-२ की १५ वर्षीया सृष्टि गुप्ता र देवदह-१ लक्ष्मीटोल बस्ने १७ वर्षीया पूजा न्यौपानेले आत्महत्या गरेको प्रहरीले जनाएको छ । उनीहरूले नतिजाकै कारण आत्महत्या गरेको हुनसक्ने जनाइएको छ ।
२०८१ असार १५ गते
प्रतिक्रिया
सम्बन्धित








