भारतले ८ ओभरमा बनायो ६५ रन, खेल फेरि रोकियो
२०८१ असार १३ गते

टि २० विश्वकपको सेमिफाइनलमा भारत र इङ्ल्यान्डको खेल चलिरहँदा वर्षा भएको छ। ८ ओभरको खेलपछि वर्षाले खेल रोकिएको छ।
इङ्ल्यान्डले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ थालेको भारतले ८ ओभरमा २ विकेट गुमाएर ६५ रन बनाएको छ।
विराट कोहली ९ रनमा र रिसभ पन्त ४ रनमा आउट भएका छन्।
कप्तान रोहित शर्माले ३७ रन बनाएर खेलिरहेका छन्। चौथो ब्याटर सूर्यकुमार यादव १३ रनसहित क्रिजमा छन्।
वर्षा रोकिए खेल फेरि सुरु हुनेछ। आजको खेल जित्ने टोली फाइनलमा पुग्ने छ। खेल रद्द भए भारत फाइनलमा पुग्ने छ।
२०८१ असार १३ गते
प्रतिक्रिया
सम्बन्धित








