भारत र इङ्ल्यान्डको खेल वर्षाले प्रभावित, टस अझै हुन सकेन
२०८१ असार १३ गते

टी २० विश्वकप अन्तरगत अहिले सुरु हुनु पर्ने भारत र साविक विजेता इङ्ल्यान्डको खेल वर्षाले प्रभावित भएको छ। वर्षाका कारण अहिलेसम्म टस हुन सकेको छैन।
गुयानाको प्रोभिडेन्स स्टेडियममा वर्षा भइरहेकाले खेल सुरु हुन सकेको छैन। वर्षाले खेल हुन नसकेमा समूह विजेता भएर आएको भारत सिधै फाइनलमा प्रवेश गर्नेछ।
भारतीय टोली जारी प्रतियोगितामा अपराजित हुँदै सेमिफाइनलमा पुगेको हो।
उता इङ्ल्यान्ड समूह चरणमा अस्ट्रेलिया र सुपर ८ मा दक्षिण अफ्रिकासँग पराजित भएको थियो।
सवा ८ बजे हुन पर्ने खेलका लागि रिजर्भ डे राखिएको छैन ।
सन् २०१४ पछि भारत उपाधितर्फ अगाडी बढ्न वर्षाको फाइदा पनि उसलाई हुन सक्ने देखिएको छ।
फाइनल पुग्ने टोलीले आगामी जुन २९ मा दक्षिण अफ्रिकासँग उपाधिका लागि भिड्न पर्नेछ।
२०८१ असार १३ गते
प्रतिक्रिया
सम्बन्धित








