दुवईमा रोजगारी दिने बहानामा मानव बेचबिखन, गौशालाबाट पक्राउ परे मनोज

काठमाडौं । मानव बेचबिखन गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

वैदेशिक रोजगारीको बहानामा दुवई पु¥याई मानव बेचबिखन गरेको अभियोगमा ललितपुर महानगरपालिका–८ बस्ने ४२ वर्षीय मनोज महर्जनलाई प्रहरीले पक्राउ गरेको हो ।

मानव बेचबिखन अनुसन्धान ब्युरोबाट खटिएको प्रहरीले उनलाई गौशालाबाट पक्राउ गरेको हो । महर्जनले पीडितलाई आकर्षक तलबमा दुबईको टिस्यु पेपर प्याक गर्ने कम्पनीमा पटाइदिने प्रलोभन देखाई २ लाख ९० हजार रुपैयाँ लिई २०८० फागुन ७ गते दुवई पु¥याई घरेलु कामदारहरू पठाउने एजेन्टको अफिसमा लगी बेचबिखन गरेका थिए ।

त्यसपछि उनलाई शारीरिक तथा मानसिक यातना दिई विना पारिश्रमिक दैनिक १८ देखि २० घण्टासम्म घरायसी काममा लगाई चरम श्रम शोषण गरेको खुल्न आएको छ ।

महर्जनले यसअघि पनि वैदेशिक रोजगार ठगी सम्बन्धी मुद्दामा ७ वर्ष कैद सजाय भुक्तान गरिसकेको समेत अनुसन्धानको क्रममा खुल्न आएको छ ।

उनलाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − nine =