अयोध्यामा राम मन्दिर बनाउन नेपालबाट लगिएको शालिग्राम फिर्ता पाउनुपर्छ : वामदेव गौतम

काठमाडौँ । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले भारतको अयोध्यामा राम बनाउन भनेर नेपालबाट लगिएको शालिग्राम नेपालले फिर्ता पाउनुपर्ने बताएका छन् ।
सोमवारको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले केही समय पहिला नेपाल राष्ट्रले नेपाललाई ठूलो अत्याचार गरेके कुरा आफूले बताएको तर सरकारले चासो नदेखाएको बताए ।
यसअघिको काँग्रेस सम्मिलित नेकपा (माओवादी केन्द्र) को सरकारले भारतको अयोध्यामा रामको मन्दिर बनाउन शालिग्राम पठाएको भन्दै शालिग्रामबाट नै हिरा बन्ने भएकाले भारतले सो सम्पती फिर्ता गर्नुपर्ने बताए । उनले हिरा बन्ने २४ टन नेपाली सम्पती बिना सित्तै भारतलाई बुझाउने काम भएकाले सम्पती फिर्ता हुनुपर्ने बताए ।
उनले भने ‘मैले केही समय पहिला नेपाल राष्ट्रले नेपाललाई ठूलो अत्याचार गर्यो, सुनिदिनुपर्यो भनेर विभिन्न ठाउँमा भनेको थिएँ । गएको सरकार, नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) अन्य कतिपय राजनीतिक पार्टीहरू मिलेर बनेको सरकारको पालामा भारतको अयोध्यामा रामको मन्दिर बनाउन उनीहरुले नेपालमा शालिग्राम मागे रे । नेपाल सरकारले धूमधामसित त्यो शालिग्राम उठाएर गाडीमा राखेर अयोध्या लगिदिए । रामको मन्दिर त बनेन । मलाई त्योसँग मतलब छैन । त्यो शालिग्राम के हो ? मैले शालिग्रामबाट नै हिरा बन्छ भनेँ । वैज्ञानिकसँग सम्पर्क गरेँ, मैले बुझेँ । हिरा बन्ने २४ टन नेपाली सम्पती बिना सित्तै भारतलाई बुझाउने काम भयो । त्यो नेपालले फिर्ता पाउनुपर्छ । त्यो हाम्रो सम्पती हो ।’
उनले बिना सित्तै देशको सम्पती अरूलाई दिन नहुने बताए ।








