बालश्रमबाट उद्धार गरिएका बालबालिकालाई उचित व्यवस्था गर्न माग

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद विन्द्यवासिनी कंशाकारले बालश्रमबाट उद्धार गरिएका बालबालिकालाई उचित व्यवस्था गर्न आग्रह गरेकी छन् ।

प्रतिनिधि सभाको सोमवारको बैठकमा शून्य समयमा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले नेपालमा अहिले पनि १० लाख ८१ हजार बालबालिका श्रममा छन् । त्यसमध्ये २ लाख २२ हजार बालबालिका जोखिममुक्त अवस्थामा श्रम गर्न बाध्य रहेको बताइन् । उनले त्यसमध्ये २ लाख २२ हजार बालबालिका जोखिममुक्त अवस्थामा श्रम गर्न बाध्य रहेको बताइन् ।

उनले बालश्रम रोक्न स्थानीय तहको भुमिका निकै महत्वपूर्ण भएपनि स्थानीय तहहरूले चासो नदेखाएको बताइन् । उनले बालश्रमबाट उद्धार गरिएका बालबालिकालाई भोलिका दिनमा फेरि काममा फर्किने अवस्था आउन नदिन बालबालिकाको लागि उचित व्यवस्था गर्नुपर्ने बताइन् ।

उनले भनिन् ‘नेपालमा अहिले पनि १० लाख ८१ हजार बालबालिका श्रममा छन् । त्यसमध्ये २ लाख २२ हजार बालबालिका जोखिममुक्त अवस्थामा श्रम गर्न बाध्य छन् । हामीले संविधान र विभिन्न कानुनमार्फत यसलाई रोक्न खोजेपनि यसले सार्थकता पाउन सकेको छैन । बालश्रम रोक्न स्थानीय तहको भुमिका निकै महत्वपूर्ण भएपनि स्थानीय तहहरूले यसप्रति चासो देखाएको देखिँदैन । विभिन्न बहानामा बालबालिकालाई आर्थिक प्रलोभन देखाइ जोखिमयुक्त काममा लगाउनेलाई कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गर्दछु । बालश्रमबाट उद्धार गरिएका बालबालिकालाई भोलिका दिनमा फेरि काममा फर्किने अवस्था आउन नदिन बालबालिकाको लागि उचित व्यवस्था गर्दै, शिक्षा, स्वास्थ्य मनोरञ्जन, पोषणयुक्त खानासहितको बालबालिकाको अधिकारको सुनिश्चितता गर्न यस सदनमार्फत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’

उनले बालबालिकालाई शिक्षा, स्वास्थ्य मनोरञ्जन, पोषणयुक्त खानासहितको बालबालिकाको अधिकारको सुनिश्चितता गर्न सरकारको ध्यानाकर्षण गराइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − twelve =