संसदमा मादकपदार्थ सेवन गरी आउने सांसदलाई ६ महिनाको निलम्बन गर्न माग

काठमाडौँ । राष्ट्रिय सभामा नेपाली काँग्रेसका सांसद जितजंग बस्नेतले संसदमा मादकपदार्थ सेवन गरी आउने सांसदलाई ६ महिनाको निलम्बन गर्न माग गरेका छन् ।

आइतबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् । उनले केही दिनअघि प्रतिनिधि सभा बैठकमा एक महिला सांसदले पुरुष सांसद संसदमा मादक पदार्थ सेवा गरी आएको कुरा उठाएको भन्दै संसदको अनुशासनको कुरा गरेर आफैँ अनुशासनहीन काम गर्ने सांसदलाई ६ महिनाको निलम्व गरिनुपर्ने बताए ।

उनले बजेटले कर्मचारीको तलब भत्ता नबढाएको धेरै भएको उल्लेख गर्दै कर्मचारीको तलब बढाउन नितान्त आवश्यक रहेको बताए । उनले भ्रष्टाचार र कालोबजारी रोक्न नसक्ने तर कर्मचारीको तलब नबढाउने भन्नेकुरा जायज नरहेको बताए ।

उनले भने ‘संघीय संसदका कर्मचारी साथीहरूले केही माग राखेर आन्दोलन गर्नुभयो । ती जायज मागको विषयमा आज कानूनमन्त्रीको संयोजकत्वमा तीन सदस्यीय समिति पनि बनेको छ । ती माग जायज पनि छन् । बजेटले कर्मचारीको तलब भत्ता नबढाएको धेरै भएको छ । म अध्यक्ष महोदयमार्फत भन्न चाहन्छु, शिक्षक, प्रहरी, सेना, जतिपनि कर्मचारी छन्, ती सम्पूर्णको तलब भत्ता बढोस् । नेपालमा बसेर खान गाह्रो भयो । त्यो थोरै तलबले कर्मचारी टिक्दैनन् । कोही पनि टिक्न सक्ने अवस्था छैन । भ्रष्टाचार बढेको बढ्यै छ । कालोबजारी बढेको बढ्यै छ । हामी कालोबजारी पनि र भ्रष्टाचार पनि रोक्न नसक्ने अनि त्यही तलबले कर्मचारी बाँच्नुपर्छ भन्नेकुरा हुँदैन । त्यसलै कर्मचारीको तलब बढाउन नितान्त आवश्यक भएको छ । प्रतिनिधि सभामा महिला सांसदले पुरुष एक जना सांसद संसदमा रक्सी खाएर आउनु हुन्छ भन्नुभयो । यदि त्यसो हो भने कारबाही हुनुपर्छ । संसदको अनुशासनको कुरा गरेर आफैँ अनुशासन हीन नहोस् । त्यस्तो कार्य भए ६ महिनाको निलम्व हुनुपर्छ ।’

उनले वन अतिक्रमण भएकोबारे सरकारले विशेष ध्यान दिन आवश्यक रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 5 =