आज १९ सयले बढ्यो सुनको मूल्य, कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य ह्वात्तै बढेको छ । बिहिबार प्रतितोला १ लाख ४२ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलाको १९ सय रुपैयाँले वृद्धि भएको हो ।

यसदिन सुन प्रतितोला एक लाख ४४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजाबी सुन प्रतितोला १ लाख ४४ हजार रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

चाँदीको मूल्य तोलाको १५ रुपैयाँले बढेको छ । यस दिन चाँदी प्रतितोला १८ सय ६५ रुपैयाँमा कारोबार भइरहेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *