प्रचण्ड, ओली र रविबिच सिंहदरबारमा भेट

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेबिच सिंहदरबारमा भेटवार्ता भएको छ ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार उनीहरूबिच पछिल्लो समसामयिक राजनीतिबारे छलफलका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेट भएको हो ।

सहकारीको बचत अपचलनमा गृहमन्त्री लामिछानेसमेत संलग्न रहेको भनी निलम्बन माग गरिएको रिट शुक्रबार सर्वोच्च अदालतमा पेशी छ  । यसअघि बुधबार पेशी सरेको थियो । राजदूत नियुक्तिसहित बजेटका विषयमा पनि उनीहरूबिच छलफल भइरहेको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *