धनकुटामा १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ
२०८१ असार ४ गते

धनकुटा । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मोरङ बिराटनगर महानगरपालिका–११ बस्ने ५१ वर्षीय प्रविन अग्रवाललाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
अग्रवालले ती किशोरीलाई ललाई फकाई धनकुटा साँगरुगढी गाउँपालिका–भेडेटारस्थित होटलमा लगेर आइतबार जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको नेपाल प्रहरी केन्द्रीय कार्यालयले जनाएको छ ।
२०८१ असार ४ गते
प्रतिक्रिया
सम्बन्धित








