संसद सचिवालयका कर्मचारीहरूद्वारा संसदमा धर्ना (तस्बिरहरू)

काठमाडौँ । संघीय संसद सचिवालयका कर्मचारीहरूले संसद भवन परिसरमा विरोध प्रदर्शन गरेका छन् ।

मंगलबार आफ्नो माग पुरा गराउन कर्मचारीहरूले कालोपट्टि बाँधेर संसद् भवनभित्रै धर्ना दिएका हुन् ।

संघीय संसद्का पदाधिकारीहरू तथा सदस्यहरूको तलबमानमा मर्यादाक्रम अनुसार समयानुकूल संशोधन गरिनुपर्ने तथा समिति र उपसमिति बैठक सञ्चालन कार्यविधिलाई समयानुकूल बनाउनु पर्ने माग गरेका छन् ।

साथै, अतिरिक्त समय काम लगाए बापतको अतिरिक्त प्रोत्साहन भत्ताको व्यवस्था गर्नुपर्ने पनि उनीहरूले माग गरेका हुन् ।

यसअघि कर्मचारीको आन्दोलनलाई लिएर सोमबार प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले बैठक पनि राखेको भएपनि सहमति जुट्न सकेन ।

हेर्नुहोस् तस्बिरहरू :

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 17 =