टी–२० मा सन्दीपको १ सय विकेट पूरा, बनाए नयाँ रेकर्ड

काठमाडौँ । नेपालका स्टार स्पिनर सन्दीप लामिछानेको टी–२० आईमा १ सय विकेट पुरा भएको छ ।

आइसिसी टी–२० विश्वकप २०२४ मा बंगलादेशविरुद्ध दुई विकेट लिँदै सय विकेट पुरा गरे । सन्दीपको सय विकेटमा ५३ खेल समावेश छन् ।

यससँगै नेपालबाट टी–२० आईमा १ सय विकेट पुरा गर्ने पहिलो खेलाडी समेत बनेका छन् ।

नेपालबाट सन्दीपपछि करण केसीले ७० खेलमा ९० विकेट लिएका छन् । अभिनाश बोहराले ६२ खेलमा ७५ विकेट लिएका छन् । त्यस्तै सोमपाल कामीले ६८ खेलमा ६१ विकेट लिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *