गण्डकीमा फ्लोर क्रस गर्ने फणीन्द्रमाथि माओवादीको कारबाही

काठमाडौं । गण्डकी प्रदेश सभा सदस्य फणीन्द्र देवकोटा कारबाहीमा परेका छन् ।

फ्लोर क्रस गरेर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएपछि उनलाई नेकपा माओवादी केन्द्रले कारबाही गरेको हो ।

फणीन्द्र नेपाल समाजवादी पार्टीका भए पनि माओवादीको चुनाव चिन्ह लिएर चुनाव लडेका थिए ।

माओवादीको ह्विप उल्लङ्घन गरेर मुख्यमन्त्री पाण्डेलाई मत दिएपछि संसदीय दलले उनीमाथि कारबाही गरेको पत्र प्रदेशसभा सचिवालयमा दिएको थियो ।

गण्डकीका सभामुख कृष्ण धितालले त्यसको जानकारी शुक्रवारको प्रदेशसभा बैठकमा दिएका छन् । यसअघि माओवादीले देवकोटालाई स्पष्टीकरण सोधेर कारबाहीको प्रक्रिया अघि बढाएको थियो ।

गत जेठ २८ गते कांग्रेसका २७, राष्ट्रिय प्रजातन्त्र पार्टीका २, देवकोटा, स्वतन्त्र सांसद दीपक मनाङेसमेतको समर्थनमा मुख्यमन्त्री पाण्डेले विश्वास मत पाएका थिए ।

विश्वास मत दिएपछि सांसद देवकोटालाई मुख्यमन्त्री पाण्डेले ऊर्जामन्त्रीसमेत बनाएका छन् । तर माओवादीले कारबाही गरेपछि उनि पदमुक्त भएका छन् ।

उनी पदमुक्त भएसँगै गण्डकीमा फेरी राजनीतिक संकट पैदा भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *