चुरे तराई मधेस संरक्षण विकास समितिमा कामभन्दा बढी राजनीति भयो : सांसद यादव

काठमाडौँ । नेपाली काँग्रेसकी सांसद नागिना यादवले राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिमा कामभन्दा बढी राजनीति भएको बताएकी छन् ।
शुक्रवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद यादवले चरे संरक्षणका लागि बनेको चुरे तराई मधेस संरक्षण विकास समितिमा कामभन्दा बढी राजनीति भएको बताएकी हुन् । उनले चुरेमा भइरहेको कामको परिणामले सो कुरा पुष्टि हुने बताइन् । उनले अझैपनि चुरे क्षेत्र अतिक्रमणको सिकार भइरहेको बताइन् ।
उनले भनिन् – ‘सरकारले २०७१ मा राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति गठन गरे । तर यो समितिमा कामभन्दा राजनीति बढी भएको छ । चुरेको परिणामले पनि देखाइरहेको छ । उही समितिको रिपोर्ट अनुसार मैले १९९० देखि २०२० सम्म चरेमा ३२ हजार ५० हेक्टर वन बढेको छ । तर ६४ हजार ३०१ हेक्टर वन क्षेत्र अतिक्रमणको चपेटामा परेको छ । मापदण्ड विपरीत ९६ हजार ३०६ हेक्टर खोलाको किनारा हराएको छ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिमको अवस्था पनि यस्तै छ ।’
उनले तराई मधेसमा खानेपानीको सुविधा पुर्याउन माग समेत गरिन् ।








