दक्षिण अफ्रिकालाई जित्ने मनसायले मैदानमा जान्छौं : कप्तान रोहित

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले दक्षिण अफ्रिकाविरुद्ध जित्ने मनसायले मैदानमा उत्रिने बताएका छन् । दक्षिण अफ्रिकाविरुद्धको खेलअघि आयोजित पत्रकार सम्मेलनमा बोल्दै कप्तान पौडेलले यस्तो बताएका हुन् ।

सुपर आठमा छनौट हुन दक्षिण अफ्रिका र बंगलादेश दुवैलाई जित्नुपर्ने अवस्था रहेको बताउँदै उनले दक्षिण अफ्रिकाविरुद्ध खेल्न उत्साहित रहेको बताए । सन्दीपको आगमनले नेपालको बलिङ युनिट राम्रो भएको उनको भनाई छ ।

उनले आफूहरू दक्षिण अफ्रिकासँग जित्ने मनसायले नै मैदानमा जाने बताए । ‘सबै खेलाडी उत्साहित छौं । स्किल दक्षिण अफ्रिकाको राम्रो भएपनि हामीले हाम्रो उत्कृष्ट खेल खेल्छौं । हराउन सकिने गाह्रो छैन,’ उनले भने, ‘टेस्ट क्रिकेट खेल्ने देशलाई हराउन एक–दुई जनाको प्रदर्शनले जित सकिन्छ । सबै खेलाडीले एक टिम भएर खेल्नुपर्छ ।’

नेपालले समूह डी अन्तर्गत दक्षिण अफ्रिकासँग भोलि बिहान ५ः१५ बजेदेखि खेल्दैछ । यो खेल वेस्ट इन्डिजको सेन्ट भिसेन्टस्थित आरनोस भाल स्टेडियममा हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *