बढुवा भएका ४ एसएसपीले पाए जिम्मेवारी

प्रहरी प्रधान कार्यालयले बढुवा भएका चारजना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को पदस्थापन गरेको छ ।

बढुवा भएका एसएसपीहरू श्यामकृष्ण अधिकारी, रवीन्द्र रेग्मी, भीमबहादुर दाहाल र नान्तीराज गुरुङले दर्ज्यानी चिन्हसँगै बिहीबार जिम्मेवारी पनि पाएका हुन्।

प्रहरी प्रधान कार्यालयका अनुसार, अधिकारीको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयअन्तर्गत शान्ति सुरक्षा महाशाखा र रेग्मीको गण्डकी प्रदेश प्रहरी कार्यालयअन्तर्गत शान्ति सुरक्षा महाशाखामा पदस्थापन गरिएको छ।

दाहालको कोसी प्रदेश प्रहरी कार्यालयअन्तर्गत अपराध नियन्त्रण तथा अनुसन्धान महाशाखा र कर्णाली प्रदेश प्रहरी कार्यालयमा सरुवा भएका गुरुङको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा काजमा जिम्मेवारी तोकिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =