धनगढीका होटेलमा खुलेआम यौन धन्दा, ४ युवती पक्राउ

काठमाडौं । धनगढीका होटेलहरूमा खुलेआम यौन धन्दा भइरहेको खुलासा भएको छ ।

प्रहरीका अनुसार विभिन्न होटेलहरूले युवतिहरू होटेलमा कामदारका रुपमा राखेर ग्राहकसँग यौनभन्दा चलाइरहेका छन् ।

बुधवार पनि प्रहरीले धनगढीका २ होटेलमा छापा हानेको छ । धनगढी गाउँ स्थित छाया होटेल र चौराहास्थित बुढीनन्दा होटेलमा छापा हानिएको हो ।

धनगढीका प्रमुख प्रहरी निरीक्षक जनकराज ढुङ्गानाको टोलीले होटेलबाट अनैतिक क्रियाकलापमा गर्ने ४ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा छाया होटेल धनगढी गाउँकी साहुनी ४० वर्षीया सुशीला चौधरी र उनको होटेलमा यौन व्यापारमा संलग्न युवती ३२ वर्षीया निर्मला चौधरी रहेकी छन् ।

यस्तै बुढीनन्दा होटेलकी साहुनी रिता जोशी र सो होटेलमा कार्यरत २२ रिया मगरलाई प्रहरीले पक्राउ गरेको हो ।

यसबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *