अमेरिकाले भारतलाई १११ रनको लक्ष्य दियो
२०८१ जेठ ३० गते

अर्शदीप सिंहको घातक बलिङमा अमेरिकाले भारतलाई १११ रनको लक्ष्य दिएको छ।
आसीसी टी२० विश्वकप क्रिकेट अन्तरगत टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ११० रन बनाएको हो।
नितीश कुमारले सर्वाधिक २७ रन बनाउँदा अमेरिकाले सम्मानजनक स्कोर बनाएको हो।
अमेरिकाका लागि स्टीभन टेलर २४, कोरी एन्डर्सन १५ र कप्तान अरोन जोन्सन ११ रनमा आउट हुँदा शैडली वान शाल्कविक ११ रनमा अविजित रहे।
भारतका अर्शदीप सिंहले चार ओभरमा मात्रै ९ रन खर्चिएर सर्वाधिक ४ विकेट लिए। हार्दिक पान्ड्याले दुई तथा अक्षर पटेलले एक विकेट लिए।
आजको खेल जित्ने टोलि अन्तिम खेल अघि नै अन्तिम ८ मा प्रवेश गर्नेछ। भारतले जवाफी ब्याटिङ थालेको छ।
२०८१ जेठ ३० गते
प्रतिक्रिया
सम्बन्धित








