मधुपर्क सम्मान २०८१ बाट तीन जना श्रष्टा सम्मानित

काठमाडौँ । मधुपर्क सम्मान २०८१ बाट तीन जना श्रष्टालाई सम्मान गरिएको छ ।

मंगलवार एक कार्यक्रमबीच काठमाडौंमा मधुपर्क सम्मान २०८१ बाट वरिष्ठ कवि मञ्जु काँचुली तिवारी, साहित्यकार किशोर पहाडी, वरिष्ठ समालोचक प्रा.कृष्ण गौतमलाई सम्मान गरिएको हो ।

मधुपर्कको ५७ औं वार्षिकोत्सवको उपलक्ष्यमा उनीहरूलाई ५० हजार रुपैयाँ नगदसहित सम्मान गरिएको हो । कार्यक्रममा बोल्दै समालोचक प्रा. डा. वासुदेव त्रिपाठीले नेपाली साहित्यको एक अंश गोरखापत्रसँग जोडिने बताए ।

उनले गोरखापत्रले आफ्नो यात्राका विभिन्न चरणमा नेपाली साहित्यमा ठूलो योगदान पुर्‍याएको बताए ।

उनले मधुपर्क साहित्यको एउटा दस्ताबेज भएको पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + nine =