वैवाहिक बलात्कार मुद्दामा न्यायाधीश गिरीलाई ७ वर्ष जेल र ३ लाख जरिवाना

काठमाडौं । जिल्ला अदालत काठमाडौंले पूर्वन्यायाधीश भुवन गिरीलाई जबरजस्ती करणी मुद्दामा दोषी ठहर गर्दै सजाय निर्धारण गरेको छ ।

मंगलबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश दुर्गाबहादुर भुसालको इजलासले गिरीलाई पूर्वश्रीमतीको सहमति बेगर शारीरिक सम्पर्क राखेको ठहर गर्दै ७ वर्ष कैद सजाय सुनाएको हो ।

गिरीलाई गत जेठ १३ गते जिल्ला अदालत काठमाडौंले बलात्कार मुद्दामा दोषी ठहर गरेको थियो। सोही आधारमा आएको फैसला अनुसार ७ वर्षको कैद सजायसहित ३ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला सुनाएको हो ।

गिरी जिल्ला अदालत कपिलवस्तुमा कार्यरत रहेको अवस्थामा उनीविरुद्ध बलात्कारको उजुरी परेको थियो । यसअघिकै अदालतको फैसला अनुसार उनी थुनामा रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *