सन्दीप टिममा आएपछि प्रतीशकी आमाको घुमाउरो असन्तुष्टि !

काठमाडौं । नेपालका स्टार स्पिनर सन्दीप लामिछाने पनि विश्वकप खेल्ने भएका छन् । जसका लागि उनी वेस्ट इन्डिज पुगिसकेका छन् ।

नेपाली क्रिकेट टिम पनि अमेरिकामा श्रीलंकासँगको खेलपछि अन्य दुई खेलका लागि वेस्ट इन्डिज जाँदै छ । वेस्ट इन्डिजमा हुने खेलमा सम्भवतः सन्दीप लामिछाने टिममा पर्नेछन् ।

सन्दीप टिममा पर्दा एक खेलाडीको प्रतिस्थापन गर्नुपर्ने हुन्छ । यस्तोमा वैकल्पिक खेलाडीको रुपमा प्रतीश जिसीलाई टोलीमा राखिएको बुझिएको छ ।

प्रतीशलाई १५ सदस्यीय टोलीबाहिर राखेपछि उनकी आमा प्रतिभा जिसीले भने घुमाउरो ढंगले असन्तुष्टि जनाएकी छन् । सन्दीपलाई शुभकामना दिँदै उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘स्पिनर बलरको सब्टीच्युट स्थानमा लेफ्ट आर्म मिडियम फास्ट बलर कसरी हुन्छ ?’

यद्यपि उनले सन्दीप टिममा समावेश हुँदा मन खुसी भएको पनि बताएकी छन् ।

हेर्नुहोस् उनले लेखेको प्रतिक्रिया

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *