मुक्तिनाथ बैंकद्वारा बझाङमा विद्यालय भवन निर्माणका लागि सहयोग

काठमाडौँ । मुक्तिनाथ विकास बैंक लि.ले शिक्षा क्षेत्रमा टेवा पुग्ने उद्देश्यले २०८० साल असोज १६ गते बझाङ केन्द्रविन्दु भई गएको भूकम्पबाट प्रभावित बझाङको थलरा गाउँपालिका वडा नं. ९ स्थित श्री भवानी आधारभूत विद्यालयको भवन पुनः निर्माणका लागि नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला सँग सहकार्य गरी आर्थिक सहयोग गरेको छ ।

हाल, नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्लासँग सहकार्य गरि निर्माण गरिएको उक्त भवनको निर्माण कार्य सम्पन्न भई एक कार्यक्रमबीच विद्यालयलाई हस्तान्तरण गरिएको छ । सो भवन निर्माण कार्यका लागि अभिभावक तथा अन्य स्थानियवासीहरुले श्रमदान समेत गरेका थिए ।

यस सहयोगहरूबाट मुक्तिनाथ विकास बैंकले विद्यार्थीहरूले नवनिर्मित भवनमा बसेर राम्ररी पढ्न पाउने, घाम, पानीबाट सुरक्षित बसी आफ्नो दैनिक पठनपाठन कार्य गर्न मद्दत पुग्ने विश्वास लिएको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *