सुपर एट’मा पुग्न क्यानडाविरुद्ध जित्नैपर्ने दबाबमा पाकिस्तान

काठमाडौं । आइसिसी टी-२० विश्वकप क्रिकेटमा आज पाकिस्तान र क्यानडा खेल्दै छन् । समूह ‘ए’ अन्तर्गत हुने यी दुई टिमबीचको खेल राति सवा ८ बजेदेखि अमेरिकाको न्यूयोर्कस्थित नासाउ काउन्टी क्रिकेट स्टेडियममा सुरु हुने भएको हो ।

पाकिस्तान जारी नवौँ संस्करणको टी-२० विश्वकपमा पहिलो जितको खोजीमा छ । पहिलो खेलमा आयोजक अमेरिकासँग सुपर ओभरमा स्तब्ध भएको पाकिस्तान दोस्रो खेलमा भारतसँग ६ रनले पराजित भएको थियो ।

अंकविहीन पाकिस्तान अहिले चौथो स्थानमा छ । सुपर एट अर्थात् दोस्रो चरण सम्भावना जीवित राख्न उसलाई आजको खेल जित्नैपर्ने दबाब छ, अन्यथा पाकिस्तान एक खेलअगावै सुपर एट दौडबाट बाहिरिनेछ ।

क्यानडा पनि दोस्रो जित निकालेर सुपर एट सम्भावना जीवित राख्न चाहन्छ । पहिलो खेलमा अमेरिकासँग सात विकेटको पराजय बेहोरेको क्यानडाले दोस्रो खेलमा भने टेस्ट टिम आयरल्याण्डलाई १२ रनले हराएको थियो ।

क्यानडा भने पाकिस्तानविरुद्ध पनि जित निकाल्दै इतिहास रच्न चाहन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *