साउथ अफ्रिकाले दियो बंगलादेशलाई ११४ रनको लक्ष्य
२०८१ जेठ २८ गते

टि २० विश्वकप क्रिकेटमा नेपाल रहेको समूहका साउथ अफ्रिका र बंगलादेश भिडिरहेका छन्। पहिले ब्याटिङ गरेको साउथ अफ्रिाकाले बंगलादेशलाई ११४ रनको लक्ष्य दिएको छ।
साउथ अफ्रिकाका ३ ब्याटरले मात्रै दोहोरो अंकमा रन बनाउन सके।
हेइरिच क्लासिनले ४६ रन बनाउँदा डेभिड मिल्लरले २९ तथा क्वजीन्टन डिककले १८ रन बनाउनु बाहेक अन्यले १० रन पनि बनाउन सकेनन्। २ ब्याटर शून्य रनमै आउट भए।
बंगलादेशका तान्जिम हसन सकबले ३ विकेट लिँदा तास्क्नि अहमदले २ तथा रिसव होसिनले एक विकेट लिए।
बंगलादेशले अहिले ब्याटिङ गरिरहेको छ। नेपाल पनि यही समूहमा छ। पहिलो खेलमा नेदरल्याण्ड्ससँग पराजित भएको नेपाल बाँकी तीन खेल खेल्न छ।
२०८१ जेठ २८ गते
प्रतिक्रिया
सम्बन्धित








