ओलीले संसद विघटनको कुरा नकोट्याए हुन्थ्यो : सांसद आलेमगर

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का राष्ट्रिय सभा सांसद सुरेशकुमार आलेमगरले एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी बचाउनका लागि संसद विघटन गरेको भनि दिएको अभिव्यक्तिप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

सोमवार राष्ट्रिय सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले नयाँ सत्तासमिकरण बनाएर हिँडिरहेका बेला त्यस्तो कुरा नकोट्याउनु उपयुक्त हुने धारणा राखे ।

सांसद आलेमगरले आफू समेत बस्ने साझा घर भत्काए जसरी ओलीले पार्टीमा झगडा भयो भनेर प्रतिनिधि सभा विघटन गरेको भन्दै असन्तुष्टि व्यक्त गरे ।

‘यतिबेला हामी एउटा सहयात्रामा यात्री बनेर हिँडिराखेका छौं । नयाँ समिकरण बनाएर हामी हिँडीरहेका छौं’ उनले भने,‘त्यसैले यी वितेका कुराहरु सायद कसैले पनि आदरणीय नेतागण, हामी जस्ता कार्यकर्ता कसैले पनि नकोट्याईदिए हुन्थ्यो भन्ने मलाई लाग्छ ।’

उनले नयाँ सत्ता समिकरणमा सामेल भएकाले कसैले पनि त्यो समिकरणमाथि आँच आउने खालको अभिव्यक्ति दिन नहुने पनि बताए ।

त्यस अवसरमा सांसद आलेमगरले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमा इमान्दार भएर लाग्न पनि कर्मचारीतन्त्रलाई आग्रह गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − nine =