सातदोबाटोस्थित स्वीमिङ पुलमा डुबेर एक युवकको मृत्यु

ललितपुरको सातदोबाटोस्थित स्वीमिङ पुलमा डुबेर एक युवकको मृत्यु भएको छ ।

आइतबार दिउँसो पौडी खेल्ने क्रममा ललितपुरको महांकाल गाउँपालिका- ३ घर भई ललितपुर महानगरपालिका-१७ बाफल बस्ने २३ वर्षका उज्जल श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।

साढे ११ बजे पौडी खेल्ने क्रममा डुबेर बेहोस भएका उनलाई उद्दार गरेर बीएण्डबी अस्पतालमा उपचारका लागि लगिएको थियो । तर चिकित्सकले ३ बजे मृत घोषणा गरेको ले जानकारी दिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 14 =