भारतविरुद्ध टस जित्दै पाकिस्तानले फिल्डिङ रोज्यो, पौने ९ बजे खेल सुरु हुने
२०८१ जेठ २७ गते

आईसीसी टि २० विश्वकपमा आज राति भारत र पाकिस्तान भिड्दैछन्। समूह ए का दुई ठूला टोलिको भिडन्तमा पाकिस्तान जित्नै पर्ने दबाबमा छ।
पहिलो खेलमा अमेरिकासँग पराजित भएको पाकिस्तान यो खेलमा पनि पराजित भएमा समूह चरणबाटै बाहिरिने सम्भावना बढ्ने छ। भारतले पहिलो खेलमा आएरल्याण्डलाई पराजित गरेको छ।
खेल मौसमका कारण केही ढिलाई भएको छ। पाकिस्तानले टस जितेर फिल्डिङ रोजे पनि खेल सुरु हुन सकेको छैन।
सवा ८ बजे हुने भनिएको खेल पौने ९ बजे सुरु हुने भएको छ। वर्षाका कारण आधा घण्टापछि धकेलिएको हो।
२०८१ जेठ २७ गते
प्रतिक्रिया
सम्बन्धित








