जसपा विभाजन मुद्दाको छिनोफानो पूर्ण इजलासबाट हुने

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजनविरुद्ध मुद्दाको छिनोफानो पूर्ण इजलासमा हुने भएको छ ।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले सर्वोच्च अदालतमा दर्ता गराएको रिट पूर्ण इजलासमा पठाउन आदेश गरिएको हो ।

न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले यसअघिको यथास्थितिमा राख्ने निर्णयलाई यथावत् राख्दै पूर्ण इजलासमा पठाउने आदेश गरेको हो ।

अन्तरिम आदेश जारी गर्नुपर्ने हो वा होइन भन्ने विषयमा निर्णय गर्नका लागि पूर्ण इजलासमा पठाउने आदेश भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 7 =