त्रिविमा बिसिए पढ्ने विद्यार्थीको भविष्य अन्योलमा !

त्रिवि अन्तर्गतको सामाजिक शास्त्र संकायमा स्नातक तहमा संचालित बिसिए. (Bachelor in Computer Application-BCA) कार्यक्रम अध्ययनरत विद्यार्थीको करियर (भविष्य) अन्यौलमा परेको छ ।

प्रयोगात्मक तथा सेमेस्टर प्रणालीमा संचालित पहिलो शैक्षिक सत्र २०१७ बाट त्रिविले सुरु गरेको बीसिए (BCA) कार्यक्रम हाल करिब २०२० को शैक्षिक सत्रको सेमेस्टर अन्तिमतिर हुनुपर्ने तर यहाँ शैक्षिक सत्र २०१९ को ६ वर्षको समयावधिमा बल्ल ८ औँ सेमेस्टर सुरु भएको छ । यो मुख्य समस्या त्रिविको यस कार्यक्रम र संकायको मात्रै नभएर अन्य वार्षिक प्रणालीमा अथवा सेमेस्टर प्रणालीमा संचालित जुनसुकै कार्यक्रम तथा संकायको पनि हो ।

यहाँ मुख्य कुरा केछ भने यत्रो बर्ष सम्म आई पुग्दा पनि विद्यार्थीले उक्त (BCA) कार्यक्रम पढिसकेपछि आफ्नो करियर र भविष्य देखेको प्रविधिको क्षेत्रमा र त्यसैका लागी पढिएको कोर्ष विभिन्न सेवा आयोग र संघसंस्थानले पदपूर्तिका लागि लिने परीक्षामा अयोग्य भनी बेलाबेला दरखास्त फाराम अस्वीकार गर्दा विद्यार्थी आफ्नो भविष्य र पढाई प्रति अन्यौलमा छन् ।

अहिले शैक्षिक सत्र २०१७ र २०१८ को ब्याच स्नातक पासआउट भइसकेको छ ! स्नातक तह भनिसकेपछि जसले विभिन्न सेवा आयोगको छैठो तह तथा अधिकृत स्तरको योग्यता पाउँछ ।

बिसिए (BCA) सूचना तथा प्रविधि सँग सम्बन्धित कार्यक्रम हो जसको सदर कुरा उक्त कार्यक्रम तथा कोर्सको पाठ्यक्रमले प्रस्ट हुन्छ ।

विगत केही महिना यता नेपाल राष्ट्र बैंक (NRB), कृषि बिकास बैंक लिमिटेडले (ADBL) विज्ञापन गरिएका सहायक पाँचौँ तह पदका लागि पनि त्रिवि बिसिए(BCA) कार्यक्रमका विद्यार्थी दरखास्त फाराम दर्तामा अयोग्य भई अस्वीकार (फाराम रिजेक्सन) भएका छन् । जुन सहायक पाँचौँ तह हो अधिकृत स्तरको तह पनि होइन ।

कोर्ष नेचरले उक्त क्षेत्रका लागि प्रक्रिया पुगेकै छ । पाठ्यक्रमको संरचना र पाठ्यघण्टाले पनि उत्तिकै प्रक्रिया पुगेको छ । तर समस्या, उक्त BCA कार्यक्रम त्रीबिको मानविकी तथा सामाजिक शास्त्र संकायमा रहेकोले र संकायकै आधारले उक्त क्षेत्रमा अयोग्य मानियो ।

उक्त समस्या र विभिन्न सेवा आयोगको गरिमामय पदमा रही देशको सेवा गर्न र आफ्नो सीप भविष्य सुनिश्चितका लागी लामो समयदेखि विद्यार्थी आवाज उठाइरहेका छन् । धेरै पटक विद्यार्थी आफ्नो अभिभावक सम्झेर सम्बन्धित संकायको डिन कार्यालयमा समस्या गुनासो राख्न पुगेका थिए । बेलाबेला उपत्यका भित्रका र बाहिरका विद्यार्थी प्रत्यक्ष रूपमा आन्दोलित भई पुगेका थिए । तर उक्त समस्याको समाधान अझै हुन सकेको छैन ।

निजी तथा प्रविधि कम्पनीहरूले पनि योग्यता र सीपका आधारमा युवा स्वरोजगार बनाइरहेको देखिन्छ । तर देशका यस्तै सरकारी तथा गैरसरकारी संघसंस्थाहरु र सेवा आयोगहरूलाई विश्वविद्यालयका सम्बन्धित निकायहरूले आफ्नो कोर्ष, पाठ्यक्रम र जनशक्ति उत्पादन अथवा उत्पादित जनशक्तिको बजार बुझाउन नसक्दा, सम्बन्धित पक्ष र निकाय सँगको सहकार्य नहुनुले पनि आम विद्यार्थी वर्ग आफ्नो सीप, क्षमता-दक्षताको काम गर्न, रोजगार बन्न र राष्ट्र निमार्णका लागी अग्रसर हुन नसकेको प्रष्ट छ ।

उक्त प्रतिनिधि समस्याहरू समाधानका लागि विश्वविद्यालयको कुन निकायले काम गर्नुपर्ने हो? विश्वविद्यालयका जिम्मेवार पदको लागी कुर्सी थामी बस्नेहरू आफू कहिले चैँ लज्जित र कार्यबोध हुन्छन् ? अनि यिनीहरूको कामकारबाही कसले हो गरिदिने? विद्यार्थीले समस्या ओकली राख्ने अनि यिनीहरूले कानमा तेल हालिराख्ने कहिलेसम्म हो ?

गणेश भण्डारी
बिसिए आठौँ सेमेस्टर
आर आर क्याम्पस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *