एकीकृत समाजवादी निकट युवा संघको समानान्तर कमिटि घोषणा

नेकपा एकीकृत समाजवादी निकट युवा संघको समानान्तर कमिटि घोषणा भएको छ ।

पार्टी अध्यक्ष माधवकुमार नेपाल निकट युवाहरुले शनिबार काठमाडौंमा भेला गरेर नितेश पौडेल संयोजक र फुर्वा तामाङ सह–संयोजक रहेको महाधिवेशन आयोजक कमिटी घोषणा गरेका छन् ।

संघका संयोजक कृष्णकुमार विश्वकर्माले महाधिवेशन गर्न नचाहेकाले अर्को महाधिवेशन आयोजक कमिटी घोषणा गर्नुपरेको तामाङले बताए ।

शनिबार घोषणा गरिएको कमिटीले आगामी असोज ३ देखि ५ सम्म महाधिवेशन गर्ने दाबी गरेको छ।

पूर्वप्रधानमन्त्री झलनाथ खनाल पक्षधर नेताहरुले भने शनिबार गुट भेला गर्नेहरुलाई कारवाही गर्ने चेतावनी दिएका छन्। खनाल निकट रहेका संयोजक विश्वकर्माले शुक्रबार नै विज्ञप्ति जारी गरेर समानान्तर भेला नगर्न चेतावनी दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + three =