राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबीच भेट, भारत भ्रमणबारे जानकारी

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्।

शनिबार साँझ प्रधानमन्त्री ‘प्रचण्ड’ र राष्ट्रपति पौडेलबीच र शीतल निवासमा भेटवार्ता भएको हो।

भेटका क्रममा प्रधानमन्त्री ‘प्रचण्ड’ले आफ्नो भारत भ्रमणबारे राष्ट्रपति पौडेललाई जानकारी गराएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।

भेटमा अन्य समसामयिक विषयमा पनि छलफल भएको जनाइएको छ।

प्रधानमन्त्री ‘प्रचण्ड’ आइतबार नयाँ दिल्ली जाँदै छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहणमा सहभागी हुन उनी त्यसतर्फ जाने भएका हुन्।

प्रधानमन्त्रीको भ्रमण टोलीमा उनकी छोरी गंगा दाहाल, कानुन तथा संसदीय मामिला मन्त्री पदम गिरी र उच्चपदस्थ सरकारी अधिकारी रहने परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − 4 =