एनसेलको रिटमा पूर्ण सुनुवाइका लागि पेस गर्न आदेश, जेठ २९ गतेको पेसी
२०८१ जेठ २५ गते

दूरसञ्चार कम्पनी एनसेलको रिट पूर्ण सुनुवाइका लागि पेस गर्ने आदेश भएको छ। सर्वोच्च अदालतका न्यायाधीश प्रकाशकुमार ढुंगाना र सुनिलकुमार पोखरेलको इजलासले रिटमा पूर्ण सुनुवाइका लागि पेसी तोक्न भनेको हो।
एनसेल आजियाटाका तर्फबाट प्रमुख कानुन, नियमन र कर्पोरेट अधिकृत रमेश घिमिरेले दायर गरेको रिटमा विपक्षी बनाइएको सूचना तथा सञ्चार प्रविधि मन्त्रालयसहितको जवाफ आइसकेको भन्दै रिटलाई पूर्ण इजलासका लागि पेसी तोक्न आदेश भएको हो।
पूर्ण सुनुवाइका लागि यही जेठ २९ गतेको पेसी तोकिएको छ।
२०८१ जेठ २५ गते
प्रतिक्रिया
सम्बन्धित








