गिरिबन्धु टि स्टेट प्रकरणमा छानबिन आयोग बन्नुपर्छ : कांग्रेस (भिडिओ)

काठमाडौं । नेपाली काँग्रेसका सांसद राजेन्द्रकुमार केसीले गिरिबन्धु टि स्टेट प्रकरणमा छानबिन आयोग माग गरेका छन् ।
बिहीवार संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले गिरिबन्धु टि स्टेट प्रकरणमा छानबिन आयोग बन्नुपर्ने काँग्रेसको चाहना रहेको बताएका हुन् ।
‘गिरिबन्धु टि स्टेटमा ३४४ रोपनी जग्गामा जुन किसिमले त्यसको कुरा आयो । त्यसको सत्यता बाहिर आउनुपर्छ भन्नेमा नेपाली काँग्रेस स्पष्ट छ’उनले भने,‘नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओलीले ५१ बिगाह र १९ बिगाह काँग्रेसले नै बेचेको हो भन्नुभएको छ । त्यो सम्बन्धमा क्लियर हुनुपर्छ । यसमा छानबिन आयोग बन्नुपर्छ भन्ने नेपाली काँग्रेसको चाहना छ ।’
उनले गिरिबन्धु टि स्टेटबारे सबै कुरा बाहिर आउनुपर्ने बताए । उनले गिरिबन्धु टि स्टेटको सत्यता बाहिर ल्याउनुपर्नेमा काँग्रेस स्पष्ट रहेको बताए ।
उनले नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओलीले ५१ र १९ बिगाह गिरिबन्धु टि स्टेटको जग्गा काँग्रेसले बेचेको आरोप लगाउनुभएको बारेमा पनि स्पष्ट हुन छानबिन आयोग बन्नुपर्ने बताए ।








