गृहमन्त्री लामिछानेको गुनासो– सहकारी ठगको ट्याग बोकेर हिँड्नुपरेको छ

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगको ट्याग बोकेर हिँड्नुपरेको गुनासो गरेका छन् ।

बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आफूले कयौँ पटक सहकारी पीडितको पक्षमा लडेपनि त्यसैको ट्याग बोकेर हिँड्नुपरेको बताएका हुन् ।

उपप्रधानमन्त्री लामिछानेले नागरिकताको विषयमा पनि आफूले लड्नुपरेको उल्लेख गर्दै त्यसैको आरोप पनि खेप्नुपरेको दुःखेसो पोखे । उनले आफूले जस्तोसुकै आरोप खेप्नुपरे पनि नेपाली जनताको अधिकार प्राप्तिका लडाईं लड्न भने नछोड्ने दृढता व्यक्त गे ।

उनले भने– ‘मेरो त भाग्य नै यस्तै छ । जुन विषयका लागि आफू लडेको हुन्छु । त्यसैको आरोप खेप्नुपर्छ । नागरिकताको विषयमा बिरोधीको कित्तामा उभ्याउने प्रयास गरियो । जबकी जीवनभर त्यसैको पक्षमा लडिरहेँ । सहकारी पीडितहरुका लागि कयौं रिपोर्टहरु बनाइयो, कतिका लागि लडियो । कतिलाई जेल पठाईयो, कतिको पैसा फिर्ता लगाइयो । अहिले सहकारी ठगको ट्याग बोकेर हिँड्नुपरेको छ । मेरो भाग्य यस्तै छ । ठिकै छ मेरो भाग्यसँग लड्दै गरौंला । तर त्यो भन्दा ठूलो त तपाईको अधिकारलागि म लड्नुछ । म त्यसमा स्पष्ट छु ।’

उपप्रधानमन्त्री लामिछानेले आफूमाथि लागेको अनेक आरोपको खण्डन गर्दै अघि बढ्ने पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + eighteen =