४० रन जोड्दा नेपालले गुमायो तेस्रो विकेट, अनिल साह आउट
२०८१ जेठ २२ गते

आईसीसी टि २० विश्वकप क्रिकेट अन्तरगत नेदरल्याण्ड्सविरुद्ध ब्याटिङ गरिरहेको नेपालले तेस्रो विकेट कुमाएको छ।
तेस्रो विकेटका रुपमा नेपालका अनिल साह आउट भएका हुन्। अनिलले मात्रै १११ रन जोडे।
नेदरल्याण्ड्सविरुद्ध पहिले ब्याटिङ गरिरहेको नेपालका ओपनर कुशल भुर्तेल र आशिफ शेख यसअघि नै आउट भइसकेका छन्।
आशिफ ४ रनमा र भुर्तेल ७ रन जोडेर आउट भएका हुन्। दोस्रो ओभरको अन्तिम बलमा आशिफलाई कुमाएको नेपालले चौथो ओभरको पहिलो बलमै कुशललाई गुमाएको थियो।
नेपालका लागि अहिले क्रिजमा कप्तान रोहित पौडेल र कुशल मल्ल छन्।
२०८१ जेठ २२ गते
प्रतिक्रिया
सम्बन्धित








