नेपाल र नेदरल्याण्डसबिचको खेल सुरु, कुशल र आशिफ ब्याटिङमा
२०८१ जेठ २२ गते

आईसीसी टि २० विश्वकप क्रिकेटमा नेपाल र नेदरल्याण्डसबिचको खेल सुरु भएको छ। अमेरिकाको डालसमा समूह डीमा रहेका दुवै टोलीले पहिलो खेल खेल्न लागेका हुन्।
नेदरल्याण्डसले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ सुरु गरेको छ। नेपालका लागि ओपनिङमा कुशल भुर्तेल र आशिफ शेख आएका छन्। नेपालको टोलीमा कप्तान रोहित पौडेलसँगै अनिल साह, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, गुल्शन झा, सोमपाल कामी, करण केसी, सागर ढकाल र अभिनास बोहरा टोलीमा समेटिएका छन्।
नेपाली समयअनुसार सवा ९ बजे राति सुरु हुने भनिएको यो खेल वर्षाले मैदान प्रभावित भएपछि आधाघण्टा पछि सारिएको हो।
नेपालले १० वर्षपछि दोस्रो पटक विश्वकप खेलेको हो।
२०८१ जेठ २२ गते
प्रतिक्रिया
सम्बन्धित








