नेपाल र नेदरल्याण्ड्सबीच टसमा ढिलाई, डालसमा पानी रोकियो
२०८१ जेठ २२ गते

टि २० विश्वकप क्रिकेट अन्तरगत नेपाल र नेदरल्याण्ड्सबीचको खेल हुने अमेरिकाको डालसमा अहिले पानी रोकिएको छ। तर यसअघि त्यहाँ धेरै पानी परेकाले टसमा भने केही ढिलाई भएको छ।
केही समयमै खेल सुरु हुने तयारी छ। अहिले मैदान अनुकुल बनाउने कार्य भइरहेको छ। १० वर्षपछि विश्वकप खेल्न लागेको नेपालले आफ्नो पहिलो खेलमा चिर प्रतिद्वन्द्वी नेदरल्याण्ड्ससँग खेल्न लागेको हो।
खेल नेपाली समय अनुसार सवा ९ बजे राति सुरु हुने तालिका छ। तर केही ढिलाई हुने सम्भावना छ।
२०८१ जेठ २२ गते
प्रतिक्रिया
सम्बन्धित








