माधव नेपाल र बिप्लवबिच भेटवार्ता
२०८१ जेठ २२ गते

नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री माधवकुमार नेपाल र नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बिच मंगलबार साँझ भेटवार्ता भएको छ ।
महासचिव विप्लवसहित सोही पार्टीका प्रवक्ता खड्क बहादुर विश्वकर्मा (प्रकाण्ड) कोटेश्वर पुगेर अध्यक्ष नेपालसँग भेटवार्ता गरेका हुन ।
पछिल्लो विकसित राजनीतिक घटनाक्रम र समाजवादी मोर्चालाई अगाडि बढाउने विषयमा छलफल भएको छ।
समाजवादी मोर्चाको संयोजक समेत रहेका विप्लवले काठमाडौँ केन्द्रित भेटघाट बढाएका छन्।
२०८१ जेठ २२ गते
प्रतिक्रिया
सम्बन्धित








