कर्णाली भूकम्प पुनः प्राप्ति अपरेसन इण्डक्सन कार्यक्रम सुरु

काठमाडौँ । कर्णाली भूकम्प पुनः प्राप्ति अपरेसन इण्डक्सन कार्यक्रम बाँकेमा सुरु भएको छ ।

आईतवारदेखि सञ्चालन भएको कर्णाली भूकम्प पुनः प्राप्ति अपरेसन इण्डक्सन कार्यक्रम २४ गतेसम्म सञ्चालन हुनेछ । नेपाल रेडक्रस सोसाइटिको आयोजनामा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका निर्देशक धर्मदत्त विडारीले नेपाल रेडक्रसले देशभर विपद्मा परेका नागरिकहरूको लागि जहिले पनि अग्रपंक्तिमा उभिएर काम गरेको दाबी गरे ।

पहुँच नभएका र समस्यामा परेका नागरिकको लागि सदैव उद्धारमा खटिने नेपाल रेडक्रसले गौरवमय छाप बसालेको बताए ।

नेपाल रेडक्रस सोसाइटीका उपाध्यक्ष सुरेन्द्र सिंह ऐरले रेडक्रसकर्मीहरूले विपद्मा धेरै सहयोग गरेको भन्दै स्मरण गरे । रेडक्रसले गरेको योगदानबाट अहिले नेपालमा छवि कायम भइसकेको उनले बताए ।

रेडक्रस विश्वासमा उत्रिएको हुनाले कामप्रति बफादार रहेको उपाध्यक्ष ऐरले बताए । देशको परिस्थिति अनुसार रेडक्रसले गरेको विश्वासले अब स्थानीयतहसँग सम्मन्वय गरी अझ गहन बनाउन आवश्यक रहेको उनले बताए । देश संघियतामा गएपछि स्थानीय तहसँगको सम्मन्वय रेडक्रसकर्मीहरूको लागि अपरिहार्य रहेको उनले बताए ।

कर्णाली भूकम्प पुनः प्राप्ति अपरेसन इण्डक्सन कार्यक्रममा केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र जाजरकोट, रुकुम र सल्यानका कर्मचारी गरि ५५ जनाको सहभागिता रहेको छ । २१ गतेदेखि सञ्चालन भएको कार्यक्रम २४ गतेसम्म सञ्चालन हुनेछ । तालिममा विधि, प्रक्रिया र नियम बारे जानकारी गराइने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =