एमाले मकवानपुरको अध्यक्षमा श्रीधर पोखरेल निर्वाचित
२०८१ जेठ २१ गते

मकवानपुर । नेकपा (एमाले) मकवानपुरको अध्यक्षमा श्रीधर पोखरेल निर्वाचित भएका छन् ।
अध्यक्ष पदमा पोखरेल, इन्द्रमान स्याङ्तान, लालबहादुर थापा र देवराज रिमालबीच प्रतिस्पर्धा भएको थियो ।
यस्तै उपाध्यक्षमा हिदम लामा, सचिवमा सीता विष्ट, उपसचिव (पुरुष) तर्फ फुर्वा लामा र उपसचिव (महिला) तर्फ आरती पाठक विजयी भएका छन् ।
निर्वाचनमा सात सय ७७ प्रतिनिधिमध्ये सात सय ६५ जना सहभागी भएका थिए ।
२०८१ जेठ २१ गते
प्रतिक्रिया
सम्बन्धित








