सुनको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?
२०८१ जेठ २१ गते

काठमाडौँ । स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा एक हजारले ओरालो लागेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन आइतबार प्रतितोला एक लाख ४२ हजारमा कारोबार भएकामा आजका सोही परिमाणको सुनको मोल एक लाख ४१ हजार निर्धारण भएको छ ।
यसैगरी, तेजाबी सुन आइतबार प्रतितोला एक लाख ४१ हजार तीन सयमा कारोबार भएकामा आज त्यति नै परिमाणको सुनको मूल्य एक लाख ४० हजार तीन सय निर्धारण भएको छ ।
महासङ्घले चाँदीको मूल्य तोलामा १५ ले घटेको बताएको छ । आइतबार प्रतितोला एक हजार आठ सय ५० मा कारोबार भएको चाँदी आज एक हजार आठ सय ३५ मा खरिदबिक्री हुँदैछ ।
२०८१ जेठ २१ गते
प्रतिक्रिया
सम्बन्धित








